वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा एकादशी - २६
कारागार कार्यालय कञ्चनपुर, नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. १८, भगतपुरमा अवस्थित छ। यो नेपालका पुराना कारागारहरु मध्ये पर्दछ । यसको स्थापना वि.सं. २०२३/२४ मा भएको हो । कुल ५ बिघा ५ कठ्ठामा फैलिएको यस कारागारमा ३ वटा पुरुष बन्दीगृहहरु र १ महिला बन्दीगृह रहेका छन् । पुरुष बन्दीगृह १४० जना बन्दी क्षमता रहेको र महिला बन्दीगृह २० जना बन्दी क्षमता रहेकोमा हाल क्षमता भन्द बढी कैदी-बन्दीहरु रहेका छन् । कारागार प्रशासन र सुरक्षा ब्यारेकका छुट्टा-छुट्टै भवनहरु रहेका छन् । कारागारमा रहेका सबै भौतिक संरचनाहरु निकै पुराना र जीर्ण अवस्थामा छन् ।